७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । तीन दिन (आइतबार, सोमबार र मङ्गलवार) सम्म स्थिर रहेको सुनको मूल्य आज बढेको हो ।

आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो उक्त सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।