२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारद्वारा सहसचिव लामिछानेको नेतृत्वमा समिति गठन



अ+ अ-

काठमाडौँ । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो ।

बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनु भयो । त्यसैगरी बैठकले मिटरब्याज सम्बन्धि जाचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको छ । सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा समेत गरेको छ । बरियताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको पनि मन्त्री शर्माले बताउनु भयो । उहाँले भन्नु भयो, ‘आज कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ ।

अहिले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३ ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ । यो पहिला भन्दा साँढे २ सय रुपैयाँले बढि हो । त्यसै गरेर गृह मन्त्रालयको प्रस्तावमा यो अनुचित लेनदेन, यो मिटरब्याज सम्बन्धि जाँचबुझ आयोग बनेको थियो हाम्रो । त्यो आयोगको म्याद ३ महिना थप गर्ने भन्ने निर्णय गरिएको छ ।

संघीय निजामती सेवा ऐन अनुसार वरियताको आधारमा लक्ष्मीकुमारी बस्नेत सचिव पदमा बढुवा हुनु भएको छ । त्यसै गरेर आज असाध्य दुखद घटना तपाईहामी सबैलाई थाहा छ–क्याक्सिकोका नागरिकहरु बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । यसप्रति मन्त्रीपरिषद बैठकले सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानविन समिति गठन गरिएको छ ।’

मन्त्रीपरिषद बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य पनि तोकेको छ ।