७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवद्र्धन हुन सक्दैन: मन्त्री लिम्बू



फाईल फोटो
अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवद्र्धन हुन नसक्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित लेखक नविन अर्यालको कृति नेपाली खेलकुदको वृत्तान्त पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवद्र्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको भन्दै उहाँले सबै मिलेर खेल क्षेत्रको विकासमा जुट्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवद्र्धन हुन सक्दैन । निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवद्र्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको अवस्था छ । निजी क्षेत्रलाई नजोडि खेल क्षेत्र अघि बढ्न सक्दैन भनेर विभिन्न कार्यक्रममा पनि जोडिरहेका छाँै ।’

मन्त्री लिम्बूले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताउनु भयो ।