२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता पक्षका सांसदको प्रश्न: तीन जिल्लाको बजेट सच्चिएर आयो की आएन ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गर्नुभएको छ ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीन जिल्ल्लामा गएको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने बताउनु भयो । उहाँले उहाँले अहिलेको बजेट आशावादी बजेट नरहेको र आवश्यकता अनुसार नआएको दाबी गर्नुभयो । उहाँले अहिलेको बजेट निर्वाचन क्षेत्र केन्द्रित रहेको र अर्को पटक आफैँलाई चुनाव जित्ने र मन्त्री बन्ने दाउमा मात्रै आएकाले बजेटबाट आशा गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले बजेट हेर्ने हो भने त्यो आशावादी बन्नसक्ने अवस्था छैन । अहिले पनि बजेट सन्तुलित छैन, व्यवहारिक छैन, केन्द्रिकृत छ, आत्मकेन्द्रित छ, अहिले पनि यो बजेट निर्वाचन क्षेत्रलाई जोगाउने र फेरि मन्त्री, सांसद हुने सपना बोक्ने किसिमको मात्रै छ । जनताको लागि भन्दा पनि आत्मकेन्द्रित हुने नै बजेट छ । हामीले पहुँचका आधारमा नभइ आवश्यकताका आधारमा बजेट विनियोजन होस् भनेका छौँ, तर तीन जिल्लाको कुरा मात्रै आए, सच्चिएर आयो की आएन, प्रधानमन्त्री, नि:वर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो की आएन ? त्यसैले पन ियो बजेट सन्तुलित छैन, यसले अहिलेको आवश्यकतालाई पूर्ति गर्न सक्दैन ।’

राष्ट्रिय सभा सदस्य राईले जनताको अवस्था सरकार, नागरिक, किसान वा विदेशी कसले सोध्ने हो भन्दै प्रश्न गर्नुभयो ।