२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलका लागि नेपाली महिला फुटबल टोली बंगलादेश प्रस्थान



अ+ अ-

काठमाडौँ । बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली आज बंगलादेशतर्फ प्रस्थान गरेको हो । बंगलादेशको ढाकामा नेपालले बिहीबार र आइतबार घरेलु टोलीविरुद्ध खेल्नेछ ।

नेपालले बंगलादेशसँगको यस मैत्रीपूर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ ।

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

महिला फुटबल टोली
गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर: अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा
मिडफिल्डर:  रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड: सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक: अनन्तराज थापा (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)