१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ एयर दुर्घटना अपडेट: हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

मनाङ एयरको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले दुर्घटनामा परी हेलिकप्टर सवार ६ जनाकै मृत्यु भएको जानकारी दिए। ‘६ जनाकै शव फेला परेको छ। शवहरू जलेको अवस्थामा रहेको खबर आएको छ । पहिचान हुन सकेको छैन’, उनले भने ।

अहिले शव संकलन गर्ने काम भइरहेको बास्तोलाले बताए।

सोलुखुम्बुको सुर्केबाट विहान ९:५२ बजे काठमाडौँका लागि उडेको हेलिकप्टर १०:१ बजे सम्पर्कविहीन भएको थियो । हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए भने बाँकि यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए।