३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो पत्नीसँग पहाड घुम्न निस्किए आशिष विद्यार्थी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आशिष विद्यार्थीले केही महिनाअघि रुपाली बरुवासँग विवाह गरेका थिए । विवाहपछि यी जोडी हनिमुनका लागि सिंगापुर गएका थिए । यसैबीच फेरि दुवैजना बालीमा सँगै घुमिरहेका छन् ।

यो जोडीले सोमबार बालीमा बिदा मनाएको तस्विरहरु सेयर गरेका छन् । सेयर गरिएको तस्विरमा जोडी बालीको हरियाली र त्यहाँको प्रकृतिको आनन्द लिइरहेको देख्न सकिन्छ ।

रुपाली र आशिषले आफ्नो इन्स्टाग्राममा फ्यानसँग यो तस्विर सेयर गर्दै लेखेका छन्– ‘एकजुटताको महिमा ।’ शेयर गरिएको तस्विरमा रुपाली बोहेमियन ड्रेसमा देखिएकी छिन् भने अभिनेता प्रिन्टेड शर्टमा क्याजुअल लुकमा देखिएका छन् ।

आशिषले १९ जुनमा आफ्नो ५८ औं जन्मदिन मनाएका तिए । यसै अवसरमा उनले आफ्नी श्रीमती रुपाली बरुवासँग छुट्टी मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यो तस्बिरमा आशिष आफ्नी श्रीमती रुपालीसँग टुरिस्ट बसमा बसेका छन् । दुवै क्यामेरा हेरेर मुस्कुराउँदै थिए ।

आशिषको यो पोस्टमा उनलाई ५७ वर्षको उमेरमा दोस्रो पटक विवाह गरेको भन्दै मानिसहरुले ट्रोल गरिरहेका छन् ।

दिग्गज अभिनेता आशिष विद्यार्थीले मे २५ मा आत्मीय समारोहमा दोस्रो विवाह गरेका थिए । उनले आसामको राजधानी गुवाहाटीमा बस्ने फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग विवाह गरेका हुन् । अभिनेत्री शकुन्तला बरुवाकी छोरी राजोशी बरुवा आशिष विद्यार्थीकी पहिलो श्रीमती हुन् ।

आशिषले आफ्ना साथीभाइ र परिवारको उपस्थितिमा रुपालीसँग अदालतमा विवाह गरेका हुन् ।




भर्खरै