१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो पत्नीसँग पहाड घुम्न निस्किए आशिष विद्यार्थी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आशिष विद्यार्थीले केही महिनाअघि रुपाली बरुवासँग विवाह गरेका थिए । विवाहपछि यी जोडी हनिमुनका लागि सिंगापुर गएका थिए । यसैबीच फेरि दुवैजना बालीमा सँगै घुमिरहेका छन् ।

यो जोडीले सोमबार बालीमा बिदा मनाएको तस्विरहरु सेयर गरेका छन् । सेयर गरिएको तस्विरमा जोडी बालीको हरियाली र त्यहाँको प्रकृतिको आनन्द लिइरहेको देख्न सकिन्छ ।

रुपाली र आशिषले आफ्नो इन्स्टाग्राममा फ्यानसँग यो तस्विर सेयर गर्दै लेखेका छन्– ‘एकजुटताको महिमा ।’ शेयर गरिएको तस्विरमा रुपाली बोहेमियन ड्रेसमा देखिएकी छिन् भने अभिनेता प्रिन्टेड शर्टमा क्याजुअल लुकमा देखिएका छन् ।

आशिषले १९ जुनमा आफ्नो ५८ औं जन्मदिन मनाएका तिए । यसै अवसरमा उनले आफ्नी श्रीमती रुपाली बरुवासँग छुट्टी मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यो तस्बिरमा आशिष आफ्नी श्रीमती रुपालीसँग टुरिस्ट बसमा बसेका छन् । दुवै क्यामेरा हेरेर मुस्कुराउँदै थिए ।

आशिषको यो पोस्टमा उनलाई ५७ वर्षको उमेरमा दोस्रो पटक विवाह गरेको भन्दै मानिसहरुले ट्रोल गरिरहेका छन् ।

दिग्गज अभिनेता आशिष विद्यार्थीले मे २५ मा आत्मीय समारोहमा दोस्रो विवाह गरेका थिए । उनले आसामको राजधानी गुवाहाटीमा बस्ने फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग विवाह गरेका हुन् । अभिनेत्री शकुन्तला बरुवाकी छोरी राजोशी बरुवा आशिष विद्यार्थीकी पहिलो श्रीमती हुन् ।

आशिषले आफ्ना साथीभाइ र परिवारको उपस्थितिमा रुपालीसँग अदालतमा विवाह गरेका हुन् ।