• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

वडा नै नभएको ठाउँमा बजेट गयो: राष्ट्रिय सभा सदस्य रावल



काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चितवनको माडीमा ९ वटा वडा रहेको तर केन्द्र सरकारबाटै १० औं वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाट नै लाखको योजनाहरु गइरहेकोप्रति उहाँको असन्तुष्टि थियो । उहाँले बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्ने बताउनु भयो । उहाँले निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकातिर बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकारको दायित्व हो भने अर्को रोगै लाग्न नदिन निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । औषधि उत्पादनतर्फ हेर्दा औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्छ । अर्थ मन्त्रालय बजेट बाँडफाँट गर्ने मन्त्रालय हो, तर आज अर्थ मन्त्रालय अर्थ मन्त्रालयमा सबैभन्दा धेरै ५७ प्रतिशत बेरुजु भइरहेको छ । यो के भइरहेको छ ? योजना आयोग र वित्त आयोगहरुले सिफारिस गरेको कुरा किन कार्यान्वयन हुन सक्दैनन् ।

प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको राष्ट्रिय योजना आयोग, संवैधानिक आयोग, प्राकृतिक तथा श्रोत वित्त आयोगको कार्यान्वयन भएको छैन । चितवनको माडीमा ९ वटा वडा छ तर १० औं वडामा संघ सरकारबाट बजेट विनियोजन भएको छ । १० लाख सिंचाई मन्त्रालय अन्तर्गत भएको छ । ९ किलो सडकका लागि भौतिक मन्त्रालयबाट ५ लाख विनियोजित भएको छ ।’

राष्ट्रिय सभा सदस्य रावलले औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।