• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

भाउजुको हत्या अभियोगमा देवर पक्राउ



नवलपरासी । रामग्राम नगरपालिका–१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले भाउजु मिरा चौधरीलाई प्रहार गरेका थिए ।
गम्भीर घाइते भएकी चौधरीको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।