• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

विश्वका यी तीन मानिस, जसले पासपोर्ट बिना जुनसुकै देशमा पनि यात्रा गर्न सक्छन्



एजेन्सी । विश्वमा पासपोर्ट प्रयोगमा आएको १०२ वर्ष भइसकेको छ । एकबाट अर्को देशमा यात्रा गर्नका लागि पासपोर्टको आवश्यक पर्छ ।

राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्रीसमेत एक देशबाट अर्को देशमा यात्रामा निस्कँदा उनीहरुले समेत डिप्लोमेटिक पासपोर्ट राख्नुपर्छ ।

यद्यपि, विश्वका २०० भन्दा बढी देशहरुमा यस्ता तिन विशेष मानिस छन् जो बिना पासपोर्ट कुनैपनि देशमा पुग्न सक्छन् । साथै उनीहरुको पासपोर्टको बारेमा कसैले सोधीखोजी गर्दैन । उनीहरुलाई जुनसुकै देशमा गएपनि अतिरिक्त सेवासुविधा र प्रोटोकलका हिसाबले पूर्ण सम्मान समेत दिइन्छ ।

यी ती विशेष व्यक्तित्व बेलायतका राजा, जापानका सम्राट र रानी हुन् । चाल्र्स राजा बन्नुभन्दा पहिले यो विशेषाधिकार क्वीन एलिजावेथसँग थियो ।