१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितहरूको संसद् घेराउ गर्दै प्रदर्शन



अ+ अ-

काठमाडौँ । मिटरब्याजविरुद्धको कानून पारित गराउन माग गर्दै मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् । मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपालको आयोजनामा पीडितहरू र्‍यालीसहित नयाँ बानेश्वर पुगेर संघीय संसद् भवन घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कारण मिटरब्याजी नियन्त्रणका लागि ल्याइएको अध्यादेश निष्क्रिय बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत रास्वपा र राप्रपाले संसद् अवरुद्ध पारेपछि मिटर ब्याजी नियन्त्रणका लागि ल्याइएको अध्यादेश निष्क्रिय बनेको थियो ।

प्रदर्शनका क्रममा उनीहरूले तीन पार्टीमाथि सामन्तको मतियार बनेको आरोप लगाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘सुदखोर महाजनलाई कारबाही गर’, ‘चैत १८ गतेको सहमति लागु गर जस्ता नारा लगाएका थिए ।