२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.51

Wind: 1.03

Humidity: 33

Latest
प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा विशेष सम्मान- फोटो फिचर ‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु ! काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ चैत्र नवरात्रिको आध्यात्मिक रहस्य धनगढी एफसीको सहज जित तीनकुने घटना: जसले प्रदर्शन गरेको हो,उही जिम्मेवार हुन्छ: पूर्वराजाको सचिवालय २२ बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गर्‍यो, लखनउमाथि ८ विकेटको जित रोमाञ्चक जितसहित रियल मड्रिड कोपा डेल रेको फाइनलमा राप्रपाका वरिष्ठ नेता बोहोराको शव श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिँदै आर्सनलले फुलहमलाई हरायो, नटिङहमसँग युनाइटेड स्तब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो



फाईल फोटो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो ।

पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो । बाघलाई नियन्त्रणमा लिएपछि केही दिन निकुञ्जको मुख्यालय कसरामा राखिएको भए पनि यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाघ राख्नका लागि हामीसँग खोरको अभाव भयो, त्यसपछि खोरमा नै राख्नका लागि पर्सा राष्ट्रिय निकुञ्ज पठाएका छौँ ।” अन्दाजी १० वर्षको सो बाघलाई ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको थियो । निकुञ्जमा बाघ राख्न बनाइएका खोर भरिएका छन् । मुख्यालय कसरामा रहेको खोरमा तीन र सौराहामा रहेको खोरमा दुई बाघ रहेका छन् । बाघ राख्नका लागि बनाइएको एउटा काठको खोर जीर्ण अवस्थामा छ । त्यसको मर्मत हुन सकेको छैन ।

यहाँका खोर विगत एक वर्षदेखि भरिएका छन् । घाइते, समस्याग्रस्त तथा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएर राख्ने गरिन्छ । घाइते बाघलाई उपचारपश्चात् उसको अवस्था हेरेर सेटेलाइट जडान गरी निकुञ्जमा छाड्ने गरिएको तिवारीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा एउटा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्नका लागि बाँके राष्ट्रिय निकुञ्ज पठाइएको थियो । रासस