२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानले रक्सीले मातेको अवस्थामा आमिरलाई दिएका थिए लक्की ब्रासलेट



अ+ अ-

एजेन्सी । यस वर्ष बलिउडका दुई सुपरस्टार आमिर खान र सलमान खानले सँगै ईद मनाएका थिए । आमिर सलमानको घरको पार्टीमा पुगेका थिए जहाँबाट सलमानले उनीसँगको फोटो पनि सेयर गरेका थिए ।

त्यसपछि दुबै सलमानकी बहिनी अर्पिताको ईद पार्टीमा देखिएका थिए । यहाँ सबैको नजर आमिरमा थियो, जसले सलमानको फिरोजा ब्रासलेट लगाएका थिए ।

यसैबीच अमेरिकी युट्युबर जेवी कोएले यस घटनामा बोलेका छन् । भ्लग सेयर गर्दै कोएले सलमान कसरी भावुक भए र आमिरलाई आफ्नो भाग्यशाली ब्रासलेट दिए भन्नेबारे खुलासा गरेका छन् ।

जेवीले आफ्नो नयाँ भ्लगमा आफू ईदको भोलिपल्ट आमिरलाई भेट्न उनको घर गएको बताए । उनले आमिरलाई ब्रासलेटसँग संघर्ष गरिरहेको देखे ।

यसबारे आमिरले भने, ‘हिजो राती म सलमान खानसँग थिएँ । हामीले उनको फिल्मको उत्सव मनाइरहेका थियौँ । हामी दुबैले केही ड्रिंक खायौं र रक्सीले मातेर सलमानले भावुक भएर मलाई आफ्नो ब्रा सलेट दिए । सलमानले भने ‘तिमी मेरो भाइ हौ । हामी दुबै एकअर्कालाई लामो समयदेखि चिन्छौं । मैले यसलाई कहिल्यै फुकालेको छैन, तर तीमिले यो ब्रासलेट राख्न सक्छौ ।’

जेवीले अगाडि भने, ‘जब आमिर अर्को दिन उठे तब उनले सलमानको ब्रासलेट लगाएको महसुस गरे । आमिरले सलमानको ब्रासलेट राख्न नचाहेको कारण त्यही रात फर्काउन चाहन्थे ।

लामो समय अघि एक कार्यक्रममा सलमानले आफ्नो लक्की ब्रासलेटको बारेमा कुरा गरेका थिए । उनले भनेका थिए, ‘यो फिरोजा ढुंगा हो । जुन पृथ्वीमा पाइने दुई जीवित ढुङ्गा मध्ये एक हो । यो ढुङ्गाले मलाई नकारात्मकताबाट जोगाउँछ । यो मेरो सातौं ढुङ्गा हो ।’

कामको कुरा गर्दा, आमिर र सलमान दुबै आफ्नो अर्को प्रोजेक्टको खोजीमा छन् । उनका अघिल्ला दुवै फिल्म फ्लप थिए । यस्तो अवस्थामा दुबैजना समय निकालेर राम्रो स्क्रिप्टमा काम गर्न चाहन्छन् ।