• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

चीनको सियान-काठमाडौं सिधा हवाई उडान हुने, तिब्बत एयरलाइन्सले पुन: उडान गर्दै



काठमाडौँ । आइतबारदेखि तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ रुटमा सिधा उडान पुन: सुरु गर्ने भएको छ। एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफरसमेत ल्याएको छ।

सियानबाट काठमाडौँको एकतर्फी यात्राका लागि रु १२ हजार ६०० (६९० युयान) मात्र र सियान–काठमाडौँ–सियान दुईतर्फी यात्राको रु १८ हजार रुपैयाँ (९९० युयान) निर्धारण गरेको छ ।

एयरलाइन्सले यो अफर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइने जनाएको छ ।

एयरलाइन्सले काठमाडौँसहित नेपालका पर्यटकीय गन्तव्यका बारेमा चिनियाँ भाषामा जानकारी दिँदै उडान सञ्चालन गर्ने जनाएको छ।

यसअघि काठमाडौँदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान पुन: सुचारु भएको छ। त्यस्तै, सांघाईबाट पनि सिधा उडानको तयारी भइरहेको छ।