• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’ ★   कालिजले बजार नपाउँदा व्यवसायी मारमा ★   खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन: मन्त्री श्रेष्ठ ★   विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने ★   पाल्पाका आग्नीपीडित परिवारलाई राहत ★   एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर ★   वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

आइएमई लाइफको आईपीओमा दुई दिनमै साढे ४ लाख लगानीकर्ताको आवेदन



काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा ४ लाख ४० हजार आवेदनकर्ताले आवेदन दिएका छन् ।

बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आइपीओ निकालेको आइएमई लाइफको २ दिनमै करिब साढे ४ लाख लगानीकर्ताले आवेदन दिएका हुन् ।

उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार शुक्रबारसम्ममा ४ लाख ४० हजार ५५५ जना लगानीकर्ताले ५६ लाख ४८ हजार २ सय कित्ता सेयर माग गर्दै आवेदन दिएका हुन् ।

कम्पनीले प्रतिकित्ता २३६।९१ रुपैयाँमा जारी पूँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।