२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घन्टाका लागि सर्‍यो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा प्रतिनिधिसभाको बैठक दुई घण्टाका लागि पर सरेको छ ।

सभामुख देवराज घिमिरेसँग टेलिफोन संवादमा प्रधानमन्त्री प्रचण्डले बैठक सार्न आग्रह गरेपछि आइतबार १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको हो ।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले शीर्ष नेताहरूबीच छलफल भइरहेको भन्दै सभामुखलाई बैठक सार्न अनुरोध गरिएको बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्रीको अनुरोधमा सभामुखले एक बजेका लागि तय गरेको बैठक दुई घन्टा पछि सार्नुभएको छ । टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिनुभएको अधिकारीले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने माग राखेका छन् ।