• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौँः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्नुहुँदै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताउनुभएको हो ।

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहनुभएको र तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने वचन दिनुभएको एकीकृत समाजवादीका सम्मानित नेता खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

टोलीमा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य धिरेन शर्मा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा राजेन्द्रराज वाग्ले, अधिवक्ता समिप घिमिरे, कृष्ण भट्टराई, शैक्षिक तथा विभिन्न पेसागत क्षेत्रमा कार्यरत मनिष गौतम, ललित ढुङ्गाना, माधव चम्लागाईं, विमला सुब्बालगायतको सहभागिता थियो । रासस