२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावणले कसरी पायो पुष्पक विमान ?



अ+ अ-

एजेन्सी । पुष्पक विमान रावणको अद्भुत सम्पत्ति मध्ये एक थियो । तर के तपाईलाई थाहा छ रावणले यो विमान कसरी पायो ? पौराणिक सन्दर्भमा विज्ञान खोज्नेहरूले प्राचीन भारतीय विज्ञान आधुनिक विज्ञानभन्दा बढी समृद्ध भएको विश्वास गर्छन् ।

पुष्पक विमान भगवान विश्वकर्माले भगवान ब्रह्माको लागि निर्माण गरेका थिए । ब्रह्माजीले कुबेरलाई पुष्पक विमान प्रदान गरे । जब रावणलाई यो अद्भुत विमानको बारेमा थाहा भयो, उनले आफ्नो जेठो दाजु कुबेरबाट पुष्पक विमान खोसे । रावणको मृत्युपछि विभीषण यसको अधिपति बने र उनले फेरि कुबेरलाई दिए । कुबेरले रामलाई उपहार दिए । लंका विजयपछि राम यही विमानबाट अयोध्या पुगेका थिए ।

पुष्पक विमानको आकार मयूरको जस्तै थियो । यो विमान मन्त्र द्वारा प्रमाणित भएको थियो । पुष्पक विमान एक लडाकु विमान थियो, जसको बारेमा जानकारी सुन्दरकाण्ड (रामायण) को सातौं अध्यायमा पाइन्छ । यो विमान हावा र आगोको उर्जामा उड्ने गर्दथ्यो ।

यसको अद्वितीय डिजाइनको कारण, पुष्पक विमानको आकार घटाउन र ठूलो गर्न सकिन्छ । यो विमान मालिकको इच्छा अनुसार सोही ठाउँमा पुर्‍याउने गर्दथ्यो । यसको गति एकदमै तेज थियो र चालकको इच्छा अनुसार जुनसुकै दिशामा हिड्न सकिन्थ्यो ।

यो सबै मौसममा वातानुकूलित अर्थात् एसी विमान थियो । यो विमानमा सुनको खम्बा रहेको बताइएको छ । यसका पाइलाहरूमा बहुमूल्य रत्नहरू जडिएका थिए । यसमा धेरै क्याबिन पनि बनाइएका थिए । विमानमा नीलमणिले बनेको सिंहासन थियो । यो विमान राति पनि उड्न सक्ने क्षमता थियो । पुष्पक विमान मन्त्रद्वारा सिद्ध भएको थियो । चालकले ती मन्त्रहरू जप्थे, त्यसपछि यो विमान उड्थ्यो ।