• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै ★   चौतारी संरक्षणमा युवापुस्ताको चासो ★   संसदीय समितिको टीओआरमा दलहरू सहमति नजिक ★   ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन ★   झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान ★   संघीय निजामती सेवा विधेयकमा परिमार्जनको आवश्यकता ★   राष्ट्रियसभाको बैठक पनि सर्‍यो ★   विश्वविद्यालयबाट बिरालोले पायो ‘डाक्टर अफ लिटरेचर’को उपाधि

आमाले चुरोट खान्थिन्, बच्चा निलो जन्मियो



एजेन्सी । घटना भारतको गुजरातस्थित मेहसाना जिल्लाको हो । यहाँको अस्पतालमा एक महिलाले सी–सेक्शनले बच्चालाई जन्म दिइन् । जन्मेपछि बच्चाको पूरै शरीर नीलो भयो । रक्तचापको स्तर पनि कम हुन थाल्यो ।

यसपछि, बच्चालाई तुरुन्तै अहमदाबादको नवजात अस्पतालमा सारिएको थियो । यहाँ डाक्टरहरूले बच्चाको नजिकबाट जाँच गरे, त्यसपछि मेडिकल रिपोर्टमा बच्चाको शरीरमा निकोटिनको मात्रा अधिक भएको खुलासा भयो ।

चिकित्सकका नवजात बच्चाकी आमा दमको बिरामी थिइन् । त्यसमाथि उनी १५ वर्षको उमेरदेखि चुरोटको लतमा थिइन् । दिनमा १०–१५ पाउच सुर्ती–गुटखा पनि खान्थिन् । जसको प्रत्यक्ष असर गर्भमा हुर्किरहेको बच्चामा परेको थियो ।

मेडिकल रिपोर्टका अनुसार नवजात शिशुमा जन्मेपछि निकोटिनको मात्रा ६० एनजीरएमएल थियो । जुन एक वयस्कमा निकोटिनको सामान्य स्तर भन्दा ३००० गुणा बढी हुन्छ । यो स्वास्थ्यको लागि खतरनाक छ । ५ दिनको उपचारपछि बालकमा सुधार देखिएपछि चिकित्सकले डिस्चार्ज गरेका छन् ।