• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

विश्वकप खेल्ने १० वटै टिम फाइनल



एजेन्सी । अक्टोबर ५ देखि भारतमा हुने एकदिवसीय विश्वकपका लागि १० टोलीको टुङ्गो लागेको छ । सन् १९९६ को च्याम्पियन श्रीलंका र नेदरल्याण्ड्स यस मेगा क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् भने २ पटकको च्याम्पियन वेस्ट इन्डिज छनोट हुन सकेन ।

बिहीबार राति नेदरल्यान्ड्स छनोट भएसँगै एकदिवसीय विश्वकपमा सहभागी १० टोलीको टुंगो लागेको छ । विश्वकपको अघिल्लो तालिकामा क्वालिफायर–१ र क्वालिफायर–२ को नाममा खेलहरू देखाइएको थियो । अब नेदरल्याण्ड्स क्वालिफायर–१ र श्रीलंका क्वालिफायर–२ टोली रहने पक्का भएको छ ।

चार दिनअघि जिम्बावेलाई ४ विकेटले पराजित गर्दै श्रीलंका छनोट भएको हो । छनोटको सुपर–६ चरणको अंक तालिकाको शीर्ष स्थानमा रहेको श्रीलंकाले नेदरल्यान्ड्सलाई पछि पारे पनि टोली क्वालिफायर–२ मा झर्यो ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सबै टोलीले राउण्ड रोबिन ढाँचामा एकअर्कासँग ९–९ खेल खेल्नेछन् । नोभेम्बर १२ मा हुने अन्तिम लिग खेलपछि अंक तालिकाको शीर्ष चारमा रहेका टोलीले सेमिफाइनल खेल्नेछन् । पहिलो र चौथो नम्बरमा रहने टोलीबीच सेमिफाइनल–१ र दोस्रो र तेस्रो नम्बरमा रहने टोलीबीच सेमिफाइनल–२ हुनेछ ।

यदि भारत र पाकिस्तान दुवै सेमिफाइनलमा पुग्न सकेनन् भने सेमिफाइनल–१ मुम्बईमा र सेमिफाइनल–२ कोलकातामा हुनेछ । र फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादमा हुनेछ ।