७ श्रावण २०८३, बिहीबार
,
Latest
चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो



अ+ अ-

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिए । अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उनले दिए ।

कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको जनाइएको छ । खासगरी सङ्क्रमण अवस्थाको आकलन र परीक्षाको मोडालिटीलाई सँगै राखेर विश्लेषण गरेर मात्र निचोडमा पुग्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताए । सङ्क्रमणको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको
जनाइएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।