२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसएल टिम मुल्तान सुल्तान्सका मालिकले आफैंलाई गोली हानी आत्महत्या गरे



अ+ अ-

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) फ्रेन्चाइज मुल्तान सुल्तान्सका मालिक आलमगीर तरिनले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । लाहोरको गुलबर्ग क्षेत्रमा रहेको उनको घरमा ६३ वर्षीय व्यापारीको शव फेला परेको थियो । उनको टोलीको कप्तानी पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले गरेका छन् ।

आलमगीर पाकिस्तानको दक्षिणी पञ्जाबमा पानी शुद्धीकरणको व्यवसाय गर्थे । ६३ वर्षीय आलमगीर अमेरिकाको येल विश्वविद्यालयका विद्यार्थी पनि थिए । पाकिस्तानी मिडियाका अनुसार उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

मुल्तान सुल्तान्सका सीईओ हैदर अजहरले यो कुराको पुष्टि गरेका छन् । अजहरले तरीनको परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन् । अजहरले लेखेका छन्, ‘आलमगीर तरिन हाम्रो टोलीका विशेष सदस्य हुनुहुन्थ्यो । उहाँको आकस्मिक र असामयिक निधनले हामी मर्माहत भएका छौं । हाम्रो प्रार्थना यस कठिन समयमा उहाँको परिवारसँग छ ।’

आलमगीरले आफ्नो भतिजा अली खान तरिनसँग २०१८ मा सुल्तान्स फ्रेन्चाइजी किनेका थिए । तरीन परिवार लामो समयदेखि दक्षिण पञ्जाबमा बस्दै आएको छ । जसको राजधानी मुल्तान हो । २०२१ मा, आलमगीरले आफ्नो भतिजाको शेयर खरिद गरेर टोलीको पूर्ण स्वामित्व लिए ।

मुल्तान सुल्तान्सले २०२१ मा पहिलो पटक पीएसएलको उपाधि जितेको थियो । टोलीले फाइनलमा पेशावर जाल्मीलाई ४७ रनले पराजित गरेको थियो ।