२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्प नपाइने देश



अ+ अ-

एजेन्सी । पृथ्वीमा धेरै खतरनाक सर्पहरू पाइन्छ । कतिपय त यति खतरनाक हुन्छन् कि उक्त सर्पले डसेमा एकैछिनमा मान्छे मर्न सक्छ । जसका कारण सर्पको नाम सुन्ने वित्तिकै मानिसहरु डराउँछन् । सर्पको तस्बिर देखेर मात्रै डराउने मान्छे धेरै हुन्छन् । विश्वमा तीन हजारभन्दा बढी प्रजातिका सर्प पाइन्छ । तर के तपाईलाई थाहा छ संसारमा एउटा यस्तो देश छ जहाँ एउटा पनि सर्प पाइँदैन ।

यो थाहा पाउँदा तपाईलाई अचम्म लाग्न सक्छ, यद्यपि यो बिल्कुल सत्य हो । यो देशमा सर्प नपाईनुको कारण पनि अचम्मको छ । यदि तपाईलाई थाहा छैन भने हामी तपाईलाई त्यो देशको बारेमा बताउनेछौं । योसँगै देशमा सर्प नहुनुको कारणबारे पनि चर्चा गरौँ ।

आयरल्यान्ड संसारको एक मात्र देश हो जहाँ सर्प पाइँदैन । सर्प नभेट्नुको कारण पनि निकै रोचक छ । यो देशमा सर्प नहुनुको पछाडि पौराणिक कारण छ ।

भनिन्छ, आयरल्याण्डमा सेन्ट प्याट्रिक नामक सन्त थिए । सेन्ट प्याट्रिकले क्रिश्चियन धर्मको रक्षा गर्न देशभरका सर्पहरू एकसाथ घेरे । यसपछि उनले सर्पहरूलाई आयरल्याण्डबाट निकालेर समुद्रमा फालिदिए । ४० दिनसम्म भोकै बसेर उनले यो काम गरे ।

वैज्ञानिकहरू भन्छन् कि आयरल्याण्डमा सर्पहरू कहिल्यै बस्दैनन्। जीवाश्म अभिलेख विभागमा समेत यो देशमा सर्पको कुनै अभिलेख छैन । आयरल्याण्डमा सर्पहरू उपलब्ध नहुनुको पछाडि अर्को कथा पनि छ ।

अर्को कथा अनुसार पहिले आयरल्याण्डमा सर्प पाइने भएपनि अत्याधिक चिसोका कारण लोप हुन पुग्यो । त्यसैले अत्यधिक चिसोका कारण यहाँ सर्प नभेटिने जनविश्वास छ ।

यस्तै, न्युजिल्याण्ड र आइसल्याण्डमा पनि सर्प पाइँदैन । यो देशमा धेरै जङ्गली जनावर पाइन्छ तर आजसम्म यहाँ एउटा पनि सर्प भेटिएको छैन । यो देशमा छेपारो मात्र छ ।