५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ: सञ्चार मन्त्री शर्मा

हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ: सञ्चार मन्त्री शर्मा
अ+ अ-

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र ऐनबमोजिम नीति, नियम, निर्देशिका र आचारसंहिता हुनुपर्नेमा जोड दिनुभएको छ ।

हाम्रा अधिकांश ऐनमा एउटा कुरा उल्लेख हुन्छ भने नियममा अर्कै कुरा हुन्छ, त्यसैगरी नीति एउटा बनाइन्छ भने व्यवहार, निर्देशिका र आचासंहितामा अर्कोकुरा उल्लेख भएकाले अब तिनमा तालमेल गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यदी ऐन सही छैन भने त्यसलाई संशोधन गरी ऐनबमोजिम नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित ‘विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल’ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएकी शर्माले विज्ञापन नीति निर्माण गर्नुभन्दा पनि कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा प्रष्ट दृष्टिकोण र योजना हुनुपर्ने बताउनुभयो । “विज्ञापन नीतिको मस्यौदामा धेरै विषयवस्तु समेटिएको छ तर यसलाई कार्यान्वयनमा कसरी लैजान्छौँ, यसको कार्यान्वयनका लागि मेकानिजम कसरी बनाउँछौँ र कसरी व्यवस्थित ढङ्गबाट अगाडि बढाउँछौँ भन्ने विषय नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ”, उहाँको भनाइ थियो  ।

कतिपय गलत विज्ञापनका कारण मान्छेको ज्यान जानेसम्मको अवस्था आउनु गलत भएको बताउँदै मन्त्री शर्माले त्यसको व्यवस्थापनका निम्ति पनि प्रष्ट नीति आवश्यक रहेकामा जोड दिनुभयो । मानव स्वास्थ्यको हिसाबले के कुराको विज्ञापन गर्न मिल्छ के कुराको विज्ञापन गर्न मिल्दैन भन्ने विषयमा पनि अति बढी कडाइ हुनुपर्ने उहाँले बताउनुभयो।

नेपालको संविधान, ऐनरकानुन, नीति, नियम र आचारसंहिता प्रतिकूल हुने गरी विज्ञापन गर्न नपाइनेमा जोड दिँदै  मन्त्री शर्माले पछिल्लो समयमा विकास भएको डिजिटल मिडिया वा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्नुपर्ने र विज्ञापन निर्माणका क्रममा मानव स्वास्थ्यलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरोकारवाला सबै पक्षको सल्लाह सुझावलाई समावेश गरेर विज्ञापन नीतिलाई अझै परिमार्जन र परिष्कृत बनाइने बताउनुभयो । विज्ञापनको बजार विस्तारलाई पनि विज्ञापन नीतिमा समावेश गरिने उहाँको भनाइ थियो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले मिडिया खोल्न पाउने लोकतान्त्रिक अधिकारलाई बहसको विषय बनाउन नहुने तर विज्ञापनको प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कतै राम्रो मिडियाले विज्ञापन पाएको छैन, कतै सामान्यले पाइरहेको छ, त्यसैले समानुपातिक विज्ञापन वितरण हुनुपर्छ ।” नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हिमराज ढकालले विज्ञापन नीति बनाउनेभन्दा  त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख गर्र्नुुभयो ।

नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोम धितालले नेपालको सानो बजारमा धेरै मिडिया आवश्यक नभएकाले  तिनलाई एक आपसमा गाभ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रलाई पारदर्शी, व्यावसायिक, मर्यादित, उत्तरदायी र उपभोक्ता लक्षित बनाउने उद्देश्यले विज्ञापन नीति ल्याउने तयारी गरिएको प्रस्ट पार्नुभयो । रासस