१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा माछापुच्छ्रेका वडाध्यक्ष पक्राउ



अ+ अ-

कास्की । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिटको आरोपमा माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् ।

समितिका अध्यक्षलाई हातपात गरेको भन्दै गाउँपालिकाका वडाध्यक्ष रामबहादुर गुरुङबिरुद्ध जाहेरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले इलाका प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दर्ता गराएका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए। भण्डारीको जाहेरीपछि वडाध्यक्ष गुरुङलाई बुधबार पक्राउ गरिएको हो ।

नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष बनेका गुरुङले समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै एमालेले वडा कार्यालयमा ताला लगाएको थियो। तर, जाहेरी दर्ता भएपछि एमालेले लगाएको ताला बुधबार नै खोलिएको प्रहरीले जनाएको छ।