• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

जातिय विभेदका बिरुद्ध माईतीघरमा जसपाको खबरदारी – फोटोफिचर



काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले जातिय विभेदका बिरुद्ध खबरदारी गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टी र पार्टी निकट संगठनहरुले खबरदारी गरेका हुन् ।

उनीहरुले जुम्लामा अन्तरजातिय विवाह गरेको बिरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमुलक घटनाका साथै देशभर भएका जातिय विभेदका बिरुद्ध खबरदारी गरेको छ ।

उनीहरुले पीडितको घरमा राति आगो लगाएर मान्छे मार्ने योजनाअनुसार घरमा आगो लगाइएको भन्दै यस्ता घटनामा दोषीहरुमाथि कडा कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले यस्ता घटनामा दलितहरु मुक्तिका लागि लड्नुपर्ने बताए । उनीहरुले सरकारले अमानवीय घटना हुँदासमेत बेवास्ता गरिरहेको आरोप लगाए

उनीहरुले यो आन्दोलन शुरुवातको बिन्दु मात्रै भएकाले सरकारले बेवास्ता गरे झनै आन्दोलनका गतिविधि अघि बढाउने चेतावनी दिए ।