२३ असार २०८३, मंगलवार
,
Latest
काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुग्यो– पूर्वअध्यक्ष रेग्मी



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सधैँ राजनीतिक विवादलाई अदालतको प्राङ्गणमा पुर्‍याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुगेको महसुस भएको बताउनुभएको छ ।

चौधौंँ गणतन्त्र दिवस (जेठ १५) का उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले मुलुकलाई कोरोना महामारीले गाँजेका बेलामा सबै जुटेर नागरिकको जीवन सुरक्षित गर्ने विषयलाई सर्वाधिक प्राथमिकता बनाउन सुझाव दिनुभएको छ । 

सन्देशमा भनिएकोछ, “राजनीति आफैँमा समस्या नबनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पार्ने औजार बन्न सके मात्र गणतन्त्र दिवस मनाउनुको सार्थक सन्देश हुनेछ ।” पूर्वप्रधानन्यायाधीश रेग्मीले ब्हुदलीय शासन प्रणलीमा नागरिक सर्वोच्चताको व्यँवहारिक कार्यान्वयन र अभ्यासमा राजनीतिक दल र नेतृत्वको अहम् भूमिका अपेक्षित र महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “राजनीतिक खिचातानी र कोभिडको महामारीले नेपाली जनजीवन उदेक लाग्दो चक्रव्यूह र कष्टकर जीवनयापन गर्न अभिशप्त रहँदै आएको छ । आर्यघाटको लासको चाङको दारुण दृश्य र चिताको चित्कारले के सन्देश दिइरहेछ ?”

पूर्वअध्यक्ष रेग्मीले गणतन्त्र दिवसका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा समानता, समृद्धि र शान्तिपूर्ण जीवनका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ । रासस