धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई पार्टीको निर्णय उल्लंघन गरेको भन्दै नेकपा (एमाले)ले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
स्थायी कमिटी बैठकले दिएको निर्देशन नमानेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको बताइएको छ ।
निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट रहेका छन् ।











