• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कुवेतलाई पेनाल्टीमा हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि



काठमाडौँ । १४ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा कुवेतलाई टाईब्रेकरमा स्तब्ध पार्दै आयोजक भारतले नवौं पटक उपाधि जितेको हो ।

बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो । जसमा साविक विजेता समेत रहेको भारतले ५–४ ले पेनाल्टी जित्यो ।

पेनाल्टीमा भारतका उदान्त सिंह कुमामले गोल गर्न चुक्दा कुवेतका खालिद इब्राहिम र मोहम्मद अबदुल्लाहले गोल गर्न चुके । खेलको १४ औं मिनेटमा शबिब अल खाल्दीले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा लालिआन्जुला छाङ्टेले गोल गर्दै भारतलाई बराबरीमा ल्याएका थिए ।