• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

गगनलाई बालेनको प्रश्न: कांग्रेसका सबै भातृसंगठन खारेज गरेको हो ?



काठमाडौं । काठमाडौं महानगरपालीका प्रमुख बालेन साहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई महानगरभित्र नेपाली कांग्रेसको भातृसंगठन नभएको घोषणा गर्न चुनौति दिनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत मेयर साहले बोलेको कुरा पुरा गर्नुस माननीयज्यू भन्दै स्मरण गराउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

माननीय गगन थापाज्यू , दलको हिजो एक कार्यक्रममा,झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो , नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भने पछि, काठमाडौं महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यालय , सबै तिर काङ्ग्रेस पार्टीको कुनै पनि भातृ सगठन नभएको घोषणा गर्दछौँ । बोलेको कुरा , पुरा गर्नुहोला माननीय ज्यू ।

थापाले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा दलको झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनु भएको थियो ।