• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ?

नेपालमा ‘भूमि बैंक’ स्थापना गर्न ढिलाई गर्नु हुन्नः ओली



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ ।

बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाई थियो । मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अतिआवश्यक रहेको बताउनु भयो । ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गर्नु भयो ।

उहाँले नेपालमा ५ वर्ष भित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकीर समेत गर्नु भयो । त्यसका लागि कृषिमा आधुनिक औंजारहरु, उन्नतस्तरको बीउविजन, मल, सिंचाईको प्रबन्ध गर्नुपर्ने ओलीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘भूमि बैंकमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रुपमा त्यसमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढि उपयोगी हुन्छ । पहाड सहकार्य नै काफी हुन्छ ।

सुन्तला यहाँ राम्रो हुन्छ । यसको बजार राम्रो छ भनेपछि त्यहाँका मानिसले सुन्तला खेती गर्न सक्छन । कृषि उत्पादन ५ वर्षमा कम्तिमा असी प्रतिशत बढाउन सकिन्छ । यसमा खाली उत्पादन र उत्पादकत्व वृद्धिमा मात्रै असी प्रतिशत कसरी हुन्छ ? मलाई लाग्छ यो त हन्ड्रेड प्रतिशत पु¥याउन सकिन्छ ।’

अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिँचाईको अभाव नहुने दावी समेत गर्नुभयो । उहाँले माटोलाई स्वस्थ राख्नका लागि प्राङगारिक मलको प्रयोगमा वृद्धि गर्दै लैजानुपर्ने बताउनु भयो ।




भर्खरै