• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति

ललिता निवास प्रकरण: स्टेअर्डर लिएका १७ जनाविरूद्ध सर्वोच्चमा सिआइबीको भ्याकेट



काठमाडौँ । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने सर्वोच्चको आदेशविरुद्ध प्रहरीले ‘भ्याकेट’ निवेदन दायर गरेको छ ।

अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा ‘भ्याकेट’ निवेदन दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जनाएको छ ।

विसं २०७९ साउन १९ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘किर्ते मुद्दामा पक्राउ नगर्नु, नगराउनु’ भन्दै दिएको अन्तरिम आदेशविरुद्ध सीआईबीको निवेदन सोमबार सर्वोच्च अदालतले दर्ता गरेको थियो ।

सर्वोच्चको सोही अन्तरिम आदेश देखाएर १२ असारमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, अधिकृत सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएका थिए ।

यस्तै, सीआईबीको नियन्त्रणमा रहेका रहेका भाभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लिका सञ्चालक मीनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा मंगलबार सुनुवाइ भइरहेको छ । न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा सुनुवाइ जारी छ ।