काठमाडौँ । १४ औं संस्करणको साफ च्यापियनसिप फाइनल आज मंगलबार हुँदैछ । उपाधिका लागि आयोजक भारत र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।
भारत र कुवेतबीचको खेल बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा नेपाली समयानुसार ७ः४५ बजे सुरु हुनेछ ।
साफ च्याम्पियनसिपमा भारत सर्वाधिक सफल टोली हो । साविक विजेता समेत रहेको भारतले ८ पटक उपाधि जितेको छ । यता, आमन्त्रित टोली कुवेत पहिलो पटक भारतलाई घरेलु मैदानमै हराउँदै उपाधि उचाल्न चाहन्छ ।
भारत भने घरेलु समर्थकको फाइदा उठाउँदै उपाधि घरमै राख्ने मनसायका साथ मैदानमा उत्रनेछ ।
सेमिफाइनलमा कुवेतले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने भारतले लेवनानलाई पेनाल्टीमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।