३ श्रावण २०८३, आईतवार
,
Latest
ओलीको आरोप : वर्तमान सरकार हिंसा र आगजनीको जगमा बनेको हाे अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको इरानी राजदूतको टिप्पणी नेकपा संयोजक दाहाल स्वदेश फिर्ता राष्ट्र बैंकको कारवाहीपश्चात भविष्यको योग्यता सन्दर्भमा ऐनमै स्पष्ट गर्नुपर्छः कार्यकारी निर्देशक रावल सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यकः विज्ञ राई काठमाडौं महानगरको सम्पत्ति कर यथावत्, १० करोडमाथि अधिकतम ०.६ प्रतिशत कर औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन फेसबुकको डेस्कटप संस्करणमा समस्या बैंकर्सहरू भन्छन्, ‘सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ ३१ यता मनसुनजन्य विपद्बाट १९ को मृत्यु, २५ बेपत्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । यसवर्षको मनसुन सुरु भएसँगै मनसुनजन्य विपद्बाट हालसम्म १९ जनाको मृत्यु भएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा गृहमन्त्रालयका अनुसार गत जेठ ३१ गतेदेखि असार १८ गतेसम्म विभिन्न जिल्लामा १९ को मृत्यु भएको छ भने २५ जना बेपत्ता र १० घाइते भएका छन् । साथै ७४ वटा घरमा पूर्णरुपमा र ११८ घरमा आंशिक क्षति पुगेको छ ।

भोजपुरमा बाढीका कारण एक जना र नुवाकोटमा पहिरोका कारण एक जनाको मृत्य भएको छ । संखुवासभामा बाढी र पहिोका कारण ३ जनाको मृत्यु, १९ बेपत्ता र ३ जना घाइते भएका छन् । साथै उक्त जिल्लामा १२ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने सात घरमा आंशिक क्षति पुगेको छ ।

ताप्लेजुङमा परिहोका कारण ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता र ३ जना घाइते भएका छन् । उक्त स्थानमा ३२ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ८९ घरमा आंशिक क्षति पुगेको छ ।

पाँचथरमा ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । साथै एक जना घाइते भएका छन् । उक्त स्थानमा १९ घर पूर्र्णरुपमा र २१ घर आंशिकरुपमा क्षतिग्रस्त भएका छन् । अबिरल वर्षाका कारण इलाममा एक घरमा पूर्णरुपमा क्षति भएको छ ।

गोरखामा पहिरोमा परी एक जनाको ज्यान गएको छ । भने तनहुँमा पहिरोका कारण २ जनाको मृत्यु र एक जना घाइते भएका छन् । ओखलढुंगामा हालसम्म पहिरोमा परी चार जनाको मृत्यु भएको छ । उक्त स्थानमा ३ घर पूर्णरुपमा र एक घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

प्रतिकार्य शाखाका अनुसार सिन्धुलीमा बाढीका कारण एउटा घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । साथै दैलेखमा २ र अछाममा एउटा घर पहिरो तथा अबिरल वर्षाले पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ । जुम्लामा बाढीका कारण एक जनाको ज्यान गएका छ ।

शाखाका अनुसार रुकुमपूर्वा, कास्कीमा एक एक घरमा पूर्णरुपमा क्षति पुगेको छ । अछाममा एक जना घाइते र  एउटा घरमा आंशिक क्षति पुगेको छ साथै रुपन्देहीमा पहिरोले एक जना घाइते भएका छन् ।