३ श्रावण २०८३, आईतवार
,
Latest
ओलीको आरोप : वर्तमान सरकार हिंसा र आगजनीको जगमा बनेको हाे अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको इरानी राजदूतको टिप्पणी नेकपा संयोजक दाहाल स्वदेश फिर्ता राष्ट्र बैंकको कारवाहीपश्चात भविष्यको योग्यता सन्दर्भमा ऐनमै स्पष्ट गर्नुपर्छः कार्यकारी निर्देशक रावल सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यकः विज्ञ राई काठमाडौं महानगरको सम्पत्ति कर यथावत्, १० करोडमाथि अधिकतम ०.६ प्रतिशत कर औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन फेसबुकको डेस्कटप संस्करणमा समस्या बैंकर्सहरू भन्छन्, ‘सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनाउ नदीमा जलसतह खतराको तहमाथि



अ+ अ-

काठमाडौं । देशका विभिन्न क्षेत्रमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

उक्त स्थान भई बहने स-साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । महाशाखाका अनुसार तिनाउमा खतराको तहभन्दा ६.९०३ मिटरभन्दा माथि पानी पुगिसकेको छ ।

जल सतह बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।

पछिल्लो २४ घण्टामा कुमालगाउँमा १३० मिमिमिटर वर्षा भएको छ भने कोइलाबासमा १३५.८ मिमिमिटर, खाँचीकोटमा १५३.४ मिमिमिटर, बल्ढ्यांगीमा २३८.४ मिलिमिटर, देउराली नवलमा १४५.६ मिलिमिटर वर्षा भएको छ । साथै खुडी बजारमा १२९.८ मिलिमिटर, तानसेनमा १२५.२ मिलिमिटर र जितपुरमा १६१.४ मिलिमिटर वर्षा भएको छ ।