६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

तनहुँका दुई स्थानीय तहको बजेट पारित

तनहुँका दुई स्थानीय तहको बजेट पारित
अ+ अ-

तनहुँ । तनहुँका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् । असार १० गते एकै दिन चार नगरपालिका र छ गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले बजेट पारित गरेका छन् । अन्य आठ स्थानीय तहको बजेट पारित हुन बाँकी छ ।

भिमाद नगरपालिकाले आगामी वर्षका लागि रु ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७० को बजेट पारित गरेको छ । पारित बजेटमध्ये चालुतर्फ रु ४३ करोड ९८ लाख ५६ हजार र पूँजीगततर्फ रु १९ करोड ९१ लाख विनियोजन गरिएको छ ।

नगरपालिकाका उपप्रमुख शारदा खनालका अनुसार सामाजिक विकासतर्फ ३४ करोड ६३ लाख, पूर्वाधार विकासतर्फ रु १३ करोड ३७ लाख, सुशासन तथा अन्तरिकतर्फ रु एक करोड ३२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु १० करोड ८९ लाख विनियोजन गरिएको छ ।

आम्दानीतर्फ आन्तरिक स्रोतबाट रु एक करोड ८० लाख, राजस्व बाँडफाँटबाट रु १३ करोड ५० लाख ३५ हजार सात सय, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु ४४ करोड ७९ लाख १३ हजार, प्रदेश सरकारमार्फत रु दुई करोड ८७ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट बनाएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।

म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ५५ करोड ५३ लाख ५० हजारको बजेट पारित गरेको छ । गाउँपालिकाले चालुतर्फ रु २१ करोड ५३ लाख ८५ हजार र पूँजीगततर्फ रु ३२ करोड ५७ लाख ८२ हजार बजेट विनियोजन गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । जसमध्ये चालुतर्फ ३८ दशमलव ७८ प्रतिशत र पूँजीगततर्फ ५८ दशमलव ६६ प्रतिशत बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले चालुतर्फभन्दा विकासतर्फ प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।

आम्दानीतर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरणबाट रु नौ करोड, ससर्त अनुदानबाट रु ८० लाख, राजस्व बाँडफाँडबाट रु ३२ लाख, विशेष अनुदानबाट रु एक करोड पाँच लाख, समानीकरणबाट रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट रु एक करोड २१ लाख, राजस्व बाँडफाँडबाट रु ४० लाख, विशेष अनुदानबाट रु ५० लाख, ससर्त अनुदानबाट रु एक करोड प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक आम्दानीबाट रु सात करोड ४२ लाख हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले पूर्वाधार विकासतर्फ रु १८ करोड ३६ लाख, आर्थिक विकासतर्फ रु चार करोड ५५ लाख, सामाजिक विकासतर्फ रु १९ करोड ६१ लाख ८५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड, सुशासन र संस्थागत विकासतर्फ रु ११ करोड बजेट विनियोजन गरेको छ ।

समृद्ध गाउँपालिका निर्माण गर्ने ध्येयका साथ प्रस्तुत गरिएको बजेटको सबै पक्षबाट कार्यान्वयनमा सहयोग हुने घिमिरेले बताउनुभयो । जिल्लाका दश पालिकाले रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट ल्याएका छन् । रासस