२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको सत्ता गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा जनमत पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको बताइएको छ । साथै कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि छलफल जारी छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिनुभएको थियो ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाको बैठकमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुरा खापुङले नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गर्नुभएको छ ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय