२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरले गरे गोहीसँग बिहे



अ+ अ-

एजेन्सी । दक्षिणी मेक्सिकोको सान पेड्रो हुआमेला शहरका मेयर भिक्टर ह्युगो सोसाले एक पोथी गोहिसँग विवाह गरेका छन् ।

यो विवाहको बारेमा सुनेर सबै अचम्ममा परेका छन् । तर, यो विवाह एक स्थानीय परम्परा रहेको छ जसले सौभाग्य ल्याउने विश्वास गरिएको छ ।

मेक्सिकोको गरीब दक्षिणमा अवस्थित ओक्साका, स्वदेशी संस्कृतिमा देशको सबैभन्दा धनी र धेरै समूहहरूको घर हो जसले आफ्नो भाषा र परम्परालाई स्रष्टापूर्वक कायम राखेको छ ।

विशेषतः यो परम्परा चोन्टल र हुआवे समूहबीच एक विवाहका माध्यमबाट शान्ति स्थापित गर्नका लागि मनाउँदै आएको पाइन्छ । यो सरीसृप स्थानीय इतिहासमा राजकुमारीको प्रतिनिधित्व गर्छ जससँग मेयरले विवाह गर्छन् ।

वैवाहिक समारोहभन्दा पहिले सरीसृपलाई घर–घरमा लगिन्छ । यसक्रममा मानिसहरु उसलाई काखमा लिएर नृत्य गर्दछन् । पोथी गोहीलाई एक विशेष पोशाक पहिराइन्छ र मेयर ती गोहीसँग नृत्य गर्दछन् ।




भर्खरै