१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामानन्द सागरको ‘रामायण’का लागि अरुण गोविल पहिलो रोजाइ थिएनन्



अ+ अ-

एजेन्सी । प्रभासको फिल्म ‘आदिपुरुष’ यतिबेला निकै चर्चामा छ । यो फिल्मलाई लिएर निकै विवाद भएको छ । कहिले यसको संवादका लागि निर्माता ट्रोल भएका थिए भने कहिले कलाकारहरुको पहिरन र लुक्समा प्रश्न उठेका थिए । यसबारे सबै सेलिब्रेटीले प्रतिक्रिया पनि दिएका छन् ।

रामानन्द सागरको रामायण पनि आदिपुरुषकै कारण चर्चाको विषय बनेको छ । भर्खरै टेलिभिजन च्यानलमा फेरि प्रसारण हुने खबर आएको थियो । रामानन्द सागरको रामायणको सम्झना अझै पनि जनताको मनमा ताजै छ ।

यस सिरियलमा रामको भूमिका निभाएका अरुण गोविल रामजस्तो आजसम्म कोही हुन सकेका छैनन् अर्थात् उनले जतिको भूमिका कसैले निर्वाह गर्न सकेका छैनन् । तर के तपाईलाई थाहा छ रामको भूमिकाका लागि अरुण गोविल पहिलो रोजाइ थिएनन् ।

अरुण गोविलले रामको चरित्रले आफ्नो जीवनमा गहिरो प्रभाव पारेको सधैं बताउँदै आएका छन् । कुराकानीका क्रममा अरुण गोविलले रामानन्द सागरले उनको अन्तर्वार्ता लिएर अस्वीकार गरेको बताएका थिए । उनका छोराहरू प्रेमसागर, आनन्दसागर र मोतीसागरले अरुणले भरत वा लक्ष्मणको भूमिका खेल्नुपर्ने बताएका थिए । तर अरुणले रामको भूमिका निभाउन चाहन्छु भनेको र त्यसका लागि आफू उपयुक्त छैन भने ठिक छ भनेर आफू अडिग रहेको बताए ।

अरुण गोविलले पछि रामको भूमिकाका लागि निर्माताले अर्कैलाई लिएको बताए । तर पछि निर्माताले अरुण गोविललाई फोन गर्दै उनले रामको भूमिका निर्वाह गर्नुपर्ने बताए । यसरी रामानन्द सागरको रामायणमा अरुण गोविल राम बने ।