२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट सच्याउने प्रतिबद्धतापछि बागमती प्रदेशसभाको अवरोध हट्यो



अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि प्रदेशसभाको अवरोध हटेको छ ।

असार १ गते पेश भएको आगामी आर्थिक वर्षको बजेट असन्तुलित र विभेदकारी भएको भन्दै विपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका थिए ।

विनियोजन विधेयकमाथि छलफल हुन नसक्ने भएपछि सोमबार सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दलहरुलाई सम्बोधन गर्दै बजेट सच्याउने प्रतिबद्धता व्यक्त गरेको हो ।

त्यसपछि बसेको प्रदेशसभाको बैठकमा आर्थिकमामिला मन्त्री बहादुरसिंह लामाले प्रतिपक्षी दलहरुसँग सहमतिअनुसार बजेट कार्यान्वयन गरिने जानकारी दिनुभयो ।