२२ फाल्गुन २०८१, बिहीबार
March 6, 2025 Thursday
Latest
मध्यकाल गण्डकी आयोजना निर्माण सुरु एकल महिलाका छोरीलाई नगद सहयोग भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण हुँदै देशका अधिकांश भागमा मौसम सफा रहने भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता प्रधानमन्त्री ओलीले आज चन्द्र ढकालको कागज उद्योगको उद्घाटन गर्ने पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान च्याम्पियन्स लिगः पिएसजीलाई लिभरपुलले हरायो, १० खेलाडीमा समेटिएको बार्सिलोनाको बेन्फिकामाथि साँघुरो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा संलग्न थप दुई जना पक्राउ परेका छन् । उक्त प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जनलाई सोमाबार दिउँसो काठमाडौँबाट पक्राउ गरेको हो ।

ललिता निवास प्रकरणमा यो सँगै हालसम्म आठ जना पक्राउ परिसकेका छन् । अदालतको आदेशबाट पक्राउ परेका तीन जना भने छुटिसकेका छन् ।

समरजंग कम्पनीका नाममा रहेको जग्गालाई सरकारी कागज किर्ते गरेर टिकिन्छा गुठीमा लैजान तत्कालीन अधिकृत पोखरेलले कागजात तयार पारेका थिए ।

त्यसैगरी गुठीमार्फत् नक्कली मोही खडा गरिएका महर्जनले ६ लाख रुपैयाँ लिएर आफू नक्कली मोही बन्न तयार भएको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्‍ बैठकले २०६९ का विभिन्न मितिमा समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमा लैजाने निर्णय गरेको थियो ।

सोही क्रममा नक्कली मोही खडा गर्ने गरी भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव दिनेशहरि अधिकारीसहितका कर्मचारीले टिप्पणी उठाउनेदेखि मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गर्नेसम्मका काम गरेका थिए ।