३ श्रावण २०८३, आईतवार
,
Latest
ओलीको आरोप : वर्तमान सरकार हिंसा र आगजनीको जगमा बनेको हाे अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको इरानी राजदूतको टिप्पणी नेकपा संयोजक दाहाल स्वदेश फिर्ता राष्ट्र बैंकको कारवाहीपश्चात भविष्यको योग्यता सन्दर्भमा ऐनमै स्पष्ट गर्नुपर्छः कार्यकारी निर्देशक रावल सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यकः विज्ञ राई काठमाडौं महानगरको सम्पत्ति कर यथावत्, १० करोडमाथि अधिकतम ०.६ प्रतिशत कर औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन फेसबुकको डेस्कटप संस्करणमा समस्या बैंकर्सहरू भन्छन्, ‘सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा ६७ जातजाति, ४१ मातृभाषा



अ+ अ-

दमौली । तनहुँमा ६७ जातजाति पहिचान भएका छन् । एक दशकमा जिल्लामा सात जातजाति थपिएका छन् ।

विसं २०७८ को जनगणनाको जिल्लास्तरीय नतिजा सार्वजनिक गर्न आज दमौलीमा आयोजित कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्यालले २०६८ सालको जनगणनामा जिल्लामा ६० जातजाति रहेका जानकारी दिनुभयो । जिल्लामा मगर, क्षेत्री, ब्राह्मण, गुरुङ, विश्वकर्मा, नेवार, मिजार, परियार, कुमाल, ठकुरी, मुसलमान, बोटे, सन्यासी, दुरा, राई, सुनुवार, माझी, घले, गाइने, यादव, कमार, खवास, थकाली, बरामलगायतका जातजाति गणनाका क्रममा पहिचान भएको उहाँले बताउनुभयो ।

तनहुँको कूल जनसङ्ख्या तीन लाख २१ हजार एक सय ५३ छ । यसमा महिला एक लाख ७१ हजार ५९ र पुरुष एक लाख ५० हजार ९४ रहेका छन् । सबैभन्दा बढी मगरको सङ्ख्या रहेको छ । तथ्याङ्क अनुसार मगरको जनसङ्ख्या ८३ हजार छ सय ३९, क्षेत्री ३६ हजार आठ सय ३३, ब्राम्हण ३६ हजार छ सय ७२ र गुरुङ ३५ हजार एक सय ८४ रहेका छन् ।

सबैभन्दा कम राजपुतको जनसङ्ख्या नौ रहेको छ । त्यस्तै कायस्थ ११, कोचे १२, लोहरुङ १३, धिमाल १३, भूमिहार १४ र छन्त्यालको जनसङ्ख्या १५ रहेको बस्यालले जानकारी दिनुभयो ।

तनहुँमा ४१ मातृभाषा पहिचान भएका छन् । विसं २०६८ को जनगणना अनुसार २८ मातृभाषा रहेकामा एक दशकको अवधिमा १३ मातृभाषा थपिएका छन् । सबैभन्दा बढी बोल्ने नेपाली (६२.७ प्रतिशत) रहेका छन् ।

छ पालिकाको जनसङ्ख्या ऋणात्मक
सार्वजनिक तथ्याङ्क अनुसार जिल्लाका दश पालिकामध्ये छ पालिकाको जनसङ्ख्या ऋणात्मक देखिएको छ । बन्दीपुर गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर माइनस ०.७४, भानु नगरपालिकाको माइनस ०.६५, भिमाद नगरपालिकाको माइनस ०.६७, देवघाट गाउँपालिकाको माइनस ०.९७, घिरिङ गाउँपालिकाको माइनस २.८६ र ऋषिङ गाउँपालिकाको माइनस ३.५२ जनसङ्ख्या छ ।

यस्तै शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या वृद्धिदर १.३२, म्याग्दे गाउँपालिकाको ०.४५, व्यास नगरपालिकाको १.११ र आँबुखैरेनी गाउँपालिकाको ०.६६ प्रतिशत छ । आँबुखैरेनीमा २२ हजार दुई सय ५२, बन्दीपुरमा १८ हजार पाँच सय ३२, भानुमा ४२ हजार सात सय ९४, भिमादमा २९ हजार दुई सय ४८, व्यासमा ७८ हजार नौ सय ३९, देवघाटमा १४ हजार पाँच सय ८४, घिरिङमा १४ हजार तीन सय ३४, म्याग्देमा २३ हजार पाँच सय ७८, ऋषिङमा १७ हजार नौ सय १८ र शुक्लागण्डकीमा ५५ हजार छ सय २० जनसङ्ख्या रहेको छ ।

तथ्याङ्क सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जनगणनाको तथ्याङ्कमा आधारित रहेर जिल्लाका स्थानीय तहले विकासका योजना तर्जुमा गर्नुपर्ने उल्लेख गर्नुभयो । रासस