२० माघ २०८१, आईतवार
,
Latest
बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्ष पछि धकेलिन्छः अध्यक्ष… नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’ उदित नारायणले लाइभ शोमा एक युवतीलाई ओठमै किस गरेपछि… मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था गरेन – भगवती न्यौपाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभाकी सांसद भगवती न्यौपानेले सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा पनि बजेटले ध्यान दिन नसकेको दावी गर्नु भयो । उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालु आर्थिक वर्षको पूँजीगत खर्च १० प्रतिशत भन्दा बढि हुन नसकेकोमा आपत्ति जनाउँदै यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।

सांसद न्यौपानेले भन्नुभयो, ‘संघीयतालाई सरकारले किन उपेक्षा गरिरहेको छ ? त्यसैले त आज संघीयताप्रति धेरै वितृष्णा बढिरहेको छ । सरकारका यस्तै हर्कतले गर्दा यस्तो भएको हो । सरकारले यस्तो हर्कतले नै जनतामा संघीयताप्रति वितृष्णा बढिरहेको छ । चालु आर्थिक वर्षमा महिला, बालबालिका ज्येष्ठ नागरिकको क्षेत्रमा जति बजेट विनियोजन भयो । ४० प्रतिशत पनि खर्च गर्न सकिराखेका छैनन् । त्यसमा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत पूँजीगत तर्फ १० दशमलव ९ प्रतिशत मात्रै खर्च भएको छ । यस्तो किन हुने गर्छ ? किन यति मात्रै खर्च भयो । म मन्त्रीजीलाई यस बारेमा प्रष्ट पारिदिन पनि आग्रह गर्न चाहन्छु । त्यस्तै राष्ट्रपति महिला उत्थान कार्यक्रम पनि बजेटमा उल्लेख गरिएको छ । बजेट पनि विनियोजन गरिएको छ । तर यो कार्यक्रम अन्तरगत पर्याप्त बजेट विनियोजना गरिएको छैन । त्यसैले म फेरी पनि जोड दिएर भन्न चाहन्छु–महिलाहरुलाई आत्मनिर्भर बनून भन्नेतर्फ यो सरकारले ध्यान दिएको छैन ।’

सांसद न्यौपानेले सरकारकै कारण संघीयतामाथि वितृष्णा बढाउने काम भईरहेको आरोप समेत लगाउनुभयो ।