२२ फाल्गुन २०८१, बिहीबार
March 6, 2025 Thursday
Latest
कोरियामा सेनाको विमानले गलत स्थानमा विस्फोटक पदार्थ खसाल्दा केही सर्वसाधारण घाइते सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत विवाह बन्धनमा बाँधिए अस्मिता र महेश राष्ट्रियसभा बैठकमा सांसदहरुः एमसीसी र युएसएड रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ भर्खर जङ्गलबाट शहर छिरेका जम्बो मन्त्रीहरुले संसदमा असभ्य र अशिष्ट शब्दहरु बोल्न थालेः सांसद रिजाल गैरआवासीय नेपाली नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न माओवादी केन्द्रको माग सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको रास्वपा सांसद ढकालको आरोप ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द कागजमा आयातमुखी बन्दा नेपालले दशौं अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा खर्चिनु परेको छः चन्द्र ढकाल अमरेशकुमारले मागे स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा बढी सार्वजनिक बिदा दिने मुलुक नेपाल, अन्य देशका कति ?



अ+ अ-

काठमाडौँ । विश्वमा सबैभन्दा धेरै सार्वजनिक बिदा नेपालमा दिइने गरेको पाइएको छ । सरकारले विसं २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिएको छ ।

यस वर्ष ‘जनयुद्ध दिवस’ मा पनि सार्वजनिक बिदा दिएपछि सरकारको व्यापक आलोचना भएको छ । सार्वजनिक बिदा धेरै हुँदा मुलुकको आर्थिक विकासमा असर परेको भन्ने निजी क्षेत्रको गुनासो सुनिन्छ ।

धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने बताइन्छ ।

नेपालमा हप्ताको एक दिन (शनिबार) मात्र साप्ताहिक बिदा दिने प्रचलन छ । आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय लाग्ने गर्दछ ।

विश्वमा विकशित मुलुकहरुमा सार्वजनिक बिदा धेरै हुँदैन । तर विकसित मुलुकहरुमा हप्ताको पाँच दिनमात्र कार्यालय खुल्ने गर्दछ र दुई दिन (शनिबार र आइतबार) साप्ताहिक बिदा दिइन्छ । त्यहाँ ५ दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय खुल्ने गर्दछ ।

नेपालमा पनि साताको ५ दिन कार्यालय खोलेर दुई दिन साप्ताहिक बिदा दिने व्यवस्था गरिएको थियो । तर सरकारले पछि सो व्यवस्था हटाएको थियो ।

दक्षिण एसियामा नेपालपछि सबैभन्दा धेरै सार्वजनिक बिदा दिने मुलुकमा श्रीलंका (२५ दिन) र बंगलादेश (२२ दिन) रहेका छन् । हाम्रो छिमेकी मुलुक भारतमा पनि २१ दिन सार्वजनिक बिदा दिइन्छ भने चीनमा ११ दिनमात्र सार्वजनिक बिदा छ ।

विश्वामा सबैभन्दा कम सार्वजनिक बिदा दिने मुलुकमा मेक्सिको (८ दिन) रहेको छ ।

विश्वमा विभिन्न देशले दिने सार्वजनिक बिदा यस्तो छ:

नेपाल– ३५
म्यान्मा–३२
इरान– २५
श्रीलंका– २५
बंगलादेश– २२
इजिप्ट– २२
कम्बोडिया– २१
भारत– २१
अर्जेन्टिना– १९
लेबनान– १९
कोलम्बिया– १८
फिलिपिन्स– १८
आइसल्यान्ड– १६
इन्डोनेसिया– १६
जापान– १६
पाकिस्तान– १६
कजाकस्तान– १६
थाइल्यान्ड– १६
अस्ट्रिया– १४
चिली– १४
डेनमार्क– १४
नर्वे– १४
दक्षिण कोरिया– १४
टर्कीए– १४
भेनेजुएला– १४
चेक– १३
फिनल्यान्ड– १३
पोल्यान्ड– १३
स्पेन– १३
इटाली– १२
स्विडेन– १२
युक्रेन– १२
चीन– ११
फ्रान्स– ११
नेदरल्यान्ड्स– ११
रुस– ११
दक्षिण अफ्रिका– ११
अमेरिका– ११
अस्ट्रेलिया– १० देखि १३
जर्मनी– १० देखि १३




भर्खरै