६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सबैभन्दा बढी सार्वजनिक बिदा दिने मुलुक नेपाल, अन्य देशका कति ?

सबैभन्दा बढी सार्वजनिक बिदा दिने मुलुक नेपाल, अन्य देशका कति ?
अ+ अ-

काठमाडौँ । विश्वमा सबैभन्दा धेरै सार्वजनिक बिदा नेपालमा दिइने गरेको पाइएको छ । सरकारले विसं २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिएको छ ।

यस वर्ष ‘जनयुद्ध दिवस’ मा पनि सार्वजनिक बिदा दिएपछि सरकारको व्यापक आलोचना भएको छ । सार्वजनिक बिदा धेरै हुँदा मुलुकको आर्थिक विकासमा असर परेको भन्ने निजी क्षेत्रको गुनासो सुनिन्छ ।

धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने बताइन्छ ।

नेपालमा हप्ताको एक दिन (शनिबार) मात्र साप्ताहिक बिदा दिने प्रचलन छ । आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय लाग्ने गर्दछ ।

विश्वमा विकशित मुलुकहरुमा सार्वजनिक बिदा धेरै हुँदैन । तर विकसित मुलुकहरुमा हप्ताको पाँच दिनमात्र कार्यालय खुल्ने गर्दछ र दुई दिन (शनिबार र आइतबार) साप्ताहिक बिदा दिइन्छ । त्यहाँ ५ दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय खुल्ने गर्दछ ।

नेपालमा पनि साताको ५ दिन कार्यालय खोलेर दुई दिन साप्ताहिक बिदा दिने व्यवस्था गरिएको थियो । तर सरकारले पछि सो व्यवस्था हटाएको थियो ।

दक्षिण एसियामा नेपालपछि सबैभन्दा धेरै सार्वजनिक बिदा दिने मुलुकमा श्रीलंका (२५ दिन) र बंगलादेश (२२ दिन) रहेका छन् । हाम्रो छिमेकी मुलुक भारतमा पनि २१ दिन सार्वजनिक बिदा दिइन्छ भने चीनमा ११ दिनमात्र सार्वजनिक बिदा छ ।

विश्वामा सबैभन्दा कम सार्वजनिक बिदा दिने मुलुकमा मेक्सिको (८ दिन) रहेको छ ।

विश्वमा विभिन्न देशले दिने सार्वजनिक बिदा यस्तो छ:

नेपाल– ३५
म्यान्मा–३२
इरान– २५
श्रीलंका– २५
बंगलादेश– २२
इजिप्ट– २२
कम्बोडिया– २१
भारत– २१
अर्जेन्टिना– १९
लेबनान– १९
कोलम्बिया– १८
फिलिपिन्स– १८
आइसल्यान्ड– १६
इन्डोनेसिया– १६
जापान– १६
पाकिस्तान– १६
कजाकस्तान– १६
थाइल्यान्ड– १६
अस्ट्रिया– १४
चिली– १४
डेनमार्क– १४
नर्वे– १४
दक्षिण कोरिया– १४
टर्कीए– १४
भेनेजुएला– १४
चेक– १३
फिनल्यान्ड– १३
पोल्यान्ड– १३
स्पेन– १३
इटाली– १२
स्विडेन– १२
युक्रेन– १२
चीन– ११
फ्रान्स– ११
नेदरल्यान्ड्स– ११
रुस– ११
दक्षिण अफ्रिका– ११
अमेरिका– ११
अस्ट्रेलिया– १० देखि १३
जर्मनी– १० देखि १३