२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१६ इस्टर्न जोन कप: सिंगापुरलाई हराउदै नेपाल फाईनलमा



अ+ अ-

काठमाडौँ । एसिसी यू–१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउदै नेपाल फाईनलमा पुगेको छ ।

नेपालले सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाईनलमा स्थान बनाएको हो । नेपालले जितको लागि दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१.३ओभरमा अलआउट हुदै ८७ रनमा सिमित रहन पुग्यो ।

सिंगापुरका रोशन रविचन्द्रनले सर्वाधिक २४ रन बनाए । उनी बाहेक सिंगापुरका अन्य कुनै ब्याटरले रन बनाउन सकेनन् । सिंगापुरका ओपनर राहिल थकर ७ रनमा आउट हुँदा प्रमुख ब्याटर श्रेयान चयौं २ रनमा आउट भए । कबिर ११, रैनक नैक र हरिहरन ५–५ रनमा आउट
हुँदा एसलान जाफ्री ३ रनमा आउट भए ।

नेपालका कार्तिक कामतले २.३ ओभरमा ९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । स्पिनर सन्तोष यादवले ७ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर १ विकेट लिदा नरेन भट्टले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर १ विकेट लिए । यस्तै, अशोक धामी, कार्तिक अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एक विकेट लिए ।

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो ।

नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

यस्तै, अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । सन्तोष यादव १८, प्रतिक भट्टराई १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा आउट भए ।

यस्तै कप्तान दीपु कुमार १२ रनमा आउट भए । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे भने नरेन भट्ट तीन रनमा कट एण्ड बोल्ड आउट भए ।

सिंगापुरका हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

अब नेपालले मंगलबार फाइनलको लागि मलेसियासँग खेल्नेछ । मलेसियाले सेमिफाइनल खेलमा हङकङलाई हराउँदै फाइनलमा प्रबेश गरेको थियो । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो ।

 




भर्खरै