४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१६ इस्टर्न जोन कप: सिंगापुरलाई हराउदै नेपाल फाईनलमा



अ+ अ-

काठमाडौँ । एसिसी यू–१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउदै नेपाल फाईनलमा पुगेको छ ।

नेपालले सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाईनलमा स्थान बनाएको हो । नेपालले जितको लागि दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१.३ओभरमा अलआउट हुदै ८७ रनमा सिमित रहन पुग्यो ।

सिंगापुरका रोशन रविचन्द्रनले सर्वाधिक २४ रन बनाए । उनी बाहेक सिंगापुरका अन्य कुनै ब्याटरले रन बनाउन सकेनन् । सिंगापुरका ओपनर राहिल थकर ७ रनमा आउट हुँदा प्रमुख ब्याटर श्रेयान चयौं २ रनमा आउट भए । कबिर ११, रैनक नैक र हरिहरन ५–५ रनमा आउट
हुँदा एसलान जाफ्री ३ रनमा आउट भए ।

नेपालका कार्तिक कामतले २.३ ओभरमा ९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । स्पिनर सन्तोष यादवले ७ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर १ विकेट लिदा नरेन भट्टले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर १ विकेट लिए । यस्तै, अशोक धामी, कार्तिक अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एक विकेट लिए ।

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो ।

नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

यस्तै, अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । सन्तोष यादव १८, प्रतिक भट्टराई १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा आउट भए ।

यस्तै कप्तान दीपु कुमार १२ रनमा आउट भए । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे भने नरेन भट्ट तीन रनमा कट एण्ड बोल्ड आउट भए ।

सिंगापुरका हरिहरनले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । कप्तान हर्ष वेंकटरामले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

अब नेपालले मंगलबार फाइनलको लागि मलेसियासँग खेल्नेछ । मलेसियाले सेमिफाइनल खेलमा हङकङलाई हराउँदै फाइनलमा प्रबेश गरेको थियो । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो ।