• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कोशी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान



विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि असार २१ गते बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आज साँझ आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा  प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असार २१ गते बिहीबार साँझ ५ बजेसम्म प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विसं २०८० असार १४ गते प्रदेशसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा ९३० बमोजिम असार १५ गते पारित हुन नसकी पदमुक्त हुनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख खापुङले नयाँ प्रदेश सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को ९२० बमोजिम वा उपधारा ९३० बमोजिममध्ये कुन उपधाराका आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न आह्वान गर्नुपर्ने हो भनी महान्यायाधिवक्तासँग लिएको कानूनी रायसमेतका आधारमा उक्त आह्वान गर्नुभएको हो ।