६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोशी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

कोशी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान
अ+ अ-

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि असार २१ गते बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आज साँझ आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा  प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असार २१ गते बिहीबार साँझ ५ बजेसम्म प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विसं २०८० असार १४ गते प्रदेशसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा ९३० बमोजिम असार १५ गते पारित हुन नसकी पदमुक्त हुनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख खापुङले नयाँ प्रदेश सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को ९२० बमोजिम वा उपधारा ९३० बमोजिममध्ये कुन उपधाराका आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न आह्वान गर्नुपर्ने हो भनी महान्यायाधिवक्तासँग लिएको कानूनी रायसमेतका आधारमा उक्त आह्वान गर्नुभएको हो ।