२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.92

Wind: 1.03

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगरले नै छनोट गर्ने



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्तिको लागि छनोटसम्बन्धी परीक्षा आगामी आर्थिक वर्षदेखि आफैंले सञ्चालन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले यस्तो जानकारी दिएका हुन् । मेयर शाहले सामाजिक सञ्जालमार्फत् यसबारे सूचना जारी गर्दैै सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिने बताएका छन् ।

‘काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८० ८१ देखि काठमाडौं महानगरपालिका आफैंले सञ्चालन गर्नेछ,’ महानगर प्रमुख शाहले भनेका छन् ।