६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ऋणको उपयोग गर्ने नीति लिइएको छः अर्थमन्त्री महत

ऋणको उपयोग गर्ने नीति लिइएको छः अर्थमन्त्री महत
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकको दफाबार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले ऋण लिनु नै खराब कुरा नभएकाले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा कस्तो प्रतिफल हासिल गर्ने भन्ने विषय महत्वपूर्ण भएको जनाउनुभयो ।

उहाँले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताउनुभयो । भविष्यमा अनावश्यक पर्ने बोझप्रति सचेत भएर उत्पादनशील क्षेत्रमा खर्च गर्ने र गम्भीरताका साथ कार्यान्वयन गर्ने हिसाबले प्रस्ताव गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वैदेशिक ऋणबारे यथार्थ मूल्याङ्कनका आधारमा यो प्रस्ताव राखेका छौँ र आन्तिरक ऋण ४ दशमलव ६ प्रतिशतमात्र लिने निर्णय गरेका छौँ ।”

वैदेशिक ऋण पूर्वाधार र विकास निर्माणमा मात्र प्रयोग गर्ने बताउँदै उहाँले कहिलेकाहीँ साधारण खर्च धान्न आन्तरिक स्रोत र राजस्वले धान्न नसकेको अवस्थामा मात्र आन्तरिक ऋणबाट समाधान गर्ने स्पष्ट पार्नुभयो । मन्त्री डा महतका अनुसार अनावश्यक रुपमा साधारण खर्चलाई बढ्न नदिने बजेट उन्मुख रहेको छ । “घाँटी हेरेर हाड निल्नु भन्ने भनाइ जस्तै आम्दानी र राजस्व थोरै भएका कारण नै थप सामाजिक सुरक्षाको प्रस्ताव गरेनौँ । तलब भत्ता बढाउने प्रस्ताव पनि गरेनौँ । प्रशासनिक खर्च बढन नदिने आधारहरु बजेटमा प्रस्तुत गर्नुको कारण त्यही हो”, उहाँले भन्नुभयो ।

ठूलो ऋणभार भएको विषयमा उठेका प्रश्नमा उहाँले धेरै ठूलो ऋण नभएको भन्दै ठूला भवन निर्माण र ऋण लिदाको सर्त हेरेर, सहुलियतका आधारमा, कम सर्तमा आधारमा, मापदण्डमा सरकार सचेत रहेको बताउनुभयो । अर्थमन्त्री महतले अनुउत्पादनक क्षेत्रमा लगानी गर्नेगरी ऋणको अनावश्यक बोझ नथप्नेसमेत प्रस्ट पार्नुभयो । बेरुजु नबढाउन वित्तीय अनुशासनमा कडाइ गरेको उहाँले बताउनुभयो । मन्त्री महतले सरकारले नियमित रुपमा वैदेशिक ऋण तिर्ने गरेको दाबीसमेत गर्नुभयो । उहाँले सावाब्याज तिर्नुपर्ने दायित्व बढ्दै गएको भन्दै पुँजीगत खर्च गर्ने क्षमतामा प्रभाव पर्ने बताउनुभयो । रासस