३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋणको उपयोग गर्ने नीति लिइएको छः अर्थमन्त्री महत



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकको दफाबार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले ऋण लिनु नै खराब कुरा नभएकाले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा कस्तो प्रतिफल हासिल गर्ने भन्ने विषय महत्वपूर्ण भएको जनाउनुभयो ।

उहाँले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताउनुभयो । भविष्यमा अनावश्यक पर्ने बोझप्रति सचेत भएर उत्पादनशील क्षेत्रमा खर्च गर्ने र गम्भीरताका साथ कार्यान्वयन गर्ने हिसाबले प्रस्ताव गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वैदेशिक ऋणबारे यथार्थ मूल्याङ्कनका आधारमा यो प्रस्ताव राखेका छौँ र आन्तिरक ऋण ४ दशमलव ६ प्रतिशतमात्र लिने निर्णय गरेका छौँ ।”

वैदेशिक ऋण पूर्वाधार र विकास निर्माणमा मात्र प्रयोग गर्ने बताउँदै उहाँले कहिलेकाहीँ साधारण खर्च धान्न आन्तरिक स्रोत र राजस्वले धान्न नसकेको अवस्थामा मात्र आन्तरिक ऋणबाट समाधान गर्ने स्पष्ट पार्नुभयो । मन्त्री डा महतका अनुसार अनावश्यक रुपमा साधारण खर्चलाई बढ्न नदिने बजेट उन्मुख रहेको छ । “घाँटी हेरेर हाड निल्नु भन्ने भनाइ जस्तै आम्दानी र राजस्व थोरै भएका कारण नै थप सामाजिक सुरक्षाको प्रस्ताव गरेनौँ । तलब भत्ता बढाउने प्रस्ताव पनि गरेनौँ । प्रशासनिक खर्च बढन नदिने आधारहरु बजेटमा प्रस्तुत गर्नुको कारण त्यही हो”, उहाँले भन्नुभयो ।

ठूलो ऋणभार भएको विषयमा उठेका प्रश्नमा उहाँले धेरै ठूलो ऋण नभएको भन्दै ठूला भवन निर्माण र ऋण लिदाको सर्त हेरेर, सहुलियतका आधारमा, कम सर्तमा आधारमा, मापदण्डमा सरकार सचेत रहेको बताउनुभयो । अर्थमन्त्री महतले अनुउत्पादनक क्षेत्रमा लगानी गर्नेगरी ऋणको अनावश्यक बोझ नथप्नेसमेत प्रस्ट पार्नुभयो । बेरुजु नबढाउन वित्तीय अनुशासनमा कडाइ गरेको उहाँले बताउनुभयो । मन्त्री महतले सरकारले नियमित रुपमा वैदेशिक ऋण तिर्ने गरेको दाबीसमेत गर्नुभयो । उहाँले सावाब्याज तिर्नुपर्ने दायित्व बढ्दै गएको भन्दै पुँजीगत खर्च गर्ने क्षमतामा प्रभाव पर्ने बताउनुभयो । रासस