१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आयो



अ+ अ-

काठमाडौँ । शनिबार रातिदेखि पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले अवरुद्ध बनेको सडक साँझ पौने ६ बजेपछि दुईतर्फी सञ्चालनमा आएको हो ।

आइतबार दिनभर एक्साभेटरले पहिरोले खसेको ढुंगा–माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।

सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।